दिलीप अग्रवाल
रंगेली, अषाढ ३२ गते । जहदा गाउँपालिका-४ स्थित एक भुस राख्ने छाप्रोमा लुकाइ राखिएको अवस्थामा प्रहरीले सानो हतियार सिक्सर रिभलभर फेला पारेको छ।
उक्त घटनासँग संलग्न रहेकने आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएका छन भने एक जना फरार भएका छन् ।
पक्राउ पर्नेमा जहदा-४ का हरी महतो र आशिष कुमार मण्डल रहेका छन्। फरार भएका व्यक्ति भने सोही स्थानका मुकेश कुमार महतो भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका हरी महतो र आशिष मण्डल तीन महिना अगाडि दुईवटा मोटरसाइकल चोरी प्रकरणमा संलग्न रही थुनामा परेका थिए। उनीहरू केही दिनअघि मात्र सुधार गृहबाट छुटेर आएका थिए। पक्राउ परेका मध्ये एक आशिष भने नयाँ अनुहार भएको बुझिएको छ।
फरार रहेका मुकेश महतोको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]