दिलीप अग्रवाल
रंगेली अषाढ ३२ गते । मोरङको सुनवर्षी नगरपालिका-२ स्थित अमरदह बजारमा पार्किङ गरिएको साइकल चोरी गर्ने क्रममा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–६ पटियापारा निवासी वर्ष अन्दाजी २५ का सुरेश बुढाथोकी रहेका छन्।
मंगलबार साइकल चोरी भइरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई चोरी गरेको अवस्थामा पक्राउ गरेको थियो । साइकल सुनवर्षी-४ जागी टोल निवासी वर्ष अन्दाजी ५१ का सिताराम राजबंशीको रहेको खुलेको छ ।
प्रहरीले सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिएर शरीर जाँच गर्दा उनको साथबाट नाइट्राजेपाम ट्याब्लेट १४ पत्ता (१३१ वटा) र क्यरिस्पास ट्याब्लेट ७ पत्ता (५२ वटा) समेत फेला पारेको छ।
पक्राउ परेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई चोरी र लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]