दिलीप अग्रवाल
रंगेली, अषाढ ३२ गते । मोरङको रंगेली नगरपालिका-२ आमतोला स्थित हुलाकी राजमार्गमा लागुऔषध बाेकेकाे माेटर साईकल चालक सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् ।
को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सियाबाट रंगेली तर्फ आउँदै गरेका दुई जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले रोकी चेकजाँच गरेको थियो ।
चालक झापा जिल्ला दमक नगरपालिका-९ बरगाछी निवासी वर्ष अन्दाजी ३५ का शिव कुमार सोरेन र पछाडि सवार सुनसरीको कमल गाउँपालिका-१ सरनपाडा निवासी वर्ष अन्दाजी ३३ का आकाश खड्कालाई नाइट्राजेपाम १६ पत्ता, जम्मा १५५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]