दिलीप अग्रवाल/
रंगेली, श्रावण १ गते । धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारमा लुकाएर राखिएको १० बोरामा करिब ३ सय २३ किलो लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक नरेन्द्र बोगटीको कमाण्डमा खटिएको टोलीले धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारमा लुकाएर राखिएको ठूलाे परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको हाे ।
बिहानकाे समयमा गदिया खोलाको किनारमा लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको बरामद भएकाे छ ।
प्रहरी टोलीले घटनास्थलबाट १० बोरामा प्याक गरिएको अंदाजी ३२३.३०० ग्राम (३२३ किलो ३०० ग्राम) लागुआ‌ैषध गाँजा बरामद गरिएको छ । लागुआ‌ैषध गाँजा काराेबारमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलासको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]