विराटनगर, असोज ३ गते । जनता समाजवादी पार्टीद्धारा संविधान दिवसको अवसरमा अपुरो संविधान भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
संविधान निर्माण भएको २०७२ साल असोज ३ गतेलाई नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु खुशियाली मनाउँदै आएका छन््् भने तत्कालीन समय देखिनै मधेशवादी पार्टीहरुले सो दिनलाई कालो दिनको रुपमा मनाउँदै समय–समयमा संविधानलाई जलाउँने काम गर्दै आएका छन् ।

यस वर्षको संविधान दिवसको अवसरमा मधेशवादी पार्टीहरु एकता भई बनेको जनता समाजवादी पार्टीले शान्तिपुर्ण विरोध सभा गरी संविधान संशोधन गरी मधेशी, आदीवासी जनजाति, दलित, शिल्पी, मुस्लिम, महिला लगायतको अधिकार सुनिश्चित गर्न दवाव दिएका छन् ।
जनता समाजवादी पार्टी मोरंगका जिल्ला अध्यक्ष राजकुमार यादवको नेतृत्वमा संसारीमाई स्थानवाट विरोध ¥याली शुरुगरी ट्राफिक चौक हुँदै गुर्दी बजार पंचमुखी हनुमान मन्दिर अगााडीकोणमा परिणत भएका थिए ।
सो सभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले भने संविधान संशोधन गरी जब सम्म मधेशी आदीवादी, जनजाति, दलित, शिल्पी, मुस्लिम र महिलाको अधिकार सुनिश्चित हुँदैन तव सम्म सरकारको विरुद्धमा आन्दोलन जारी रहने वताए ।


त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य संजय सिंहले भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्टपार्टीले मिलेर नेपाली जनताको भावन विपरीत संविधान जाारी गरी देशमा अलोकतान्त्रिक क्रियाकलाप गरी भ्रष्टाचारलाई बढाएको, जनताको अधिकारलाई कुण्ठित पारेको भन्दै अहिलेको सरकार सर्वसत्तावाद भएको आरोप लगाए । सो अवसरमा मोहम्मद कादीर, मोहम्मद नसरुले समेतले मन्तव्य राखेका थिए । विरोध सभालाई नेपाल प्रहरीले पुर्ण रुपमा घेरा हलेका थिए ।

संविधानकै विरोधमा बृहत मधेशी नागरिक समाज समाजले रोडशेष चौकमा कोण सभा गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]