दिलीप अग्रवाल
रंगेली, श्रावण ९ गते । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बगोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
राती मोरङ जिल्ला, रंगेली नगरपालिका-९ स्थित इटाभट्टा टोलमा रहेको खानेपानी आयोजना अन्तर्गतको ट्रान्सफर्मर नजिक शंकास्पद रूपमा दुई वटा मोटरसाइकलमा आएका ४ जना व्यक्तिहरूले प्रहरी टोली देख्नासाथ भाग्ने प्रयास गरेका थिए ।
सो क्रममा तीन जना नाम नखुलेका व्यक्ति र नम्बर नखुलेको मोटरसाइकल सहित फरार भएकाे र ग्रामथान गाउँपालिका-४ का ४२ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।
उनको साथबाट हेक्सो ब्लेड, सलाई रिन्च, गल्वस, पिलास, ह्यामर लगायतका औजारहरू र प्रदेश १–०२–०५० प ७०९५ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। प्रारम्भिक अनुमान अनुसार यी सामग्री चोरी वा तोडफोड प्रयोजनको लागि प्रयोग गरिन सक्ने आशंका गरिएको छ। उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ।
साथै अनुसन्धान र गस्तीको क्रममा गुराँस चोकबाट दोहमाना जाने सडक खण्डमा करिब १.५ किमी टाढा सडक छेउमा शंकास्पद रूपमा बसेका दुई जना व्यक्तिलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका व्यक्तिहरूकाे र घटनासम्बन्धी थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालयले जनाएकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]