विराटनगर, श्रावण १२ गते । जन्माष्टमीकाे अवसर पारेर विराटनगरकाे राधाकृष्ण मन्दिरवाट निकालिने राधाकृष्ण रथयात्रा यस पटक राधाकृष्ण विराजमान भएकाे नवनिर्मित रथमा रथयात्रा महाेत्सव हुने भएकाे छ ।
राधाकृष्ण रथयात्रा समारोह समिति २०८२ काे अध्यक्ष कैलाश रेग्मीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी २१ फिट ३ इन्च उचाइ, १४ फिट चाैडाई, १९ फिट लम्बाइ र जुवाकाे भाग ८ फिट रहेकाे निवनिर्मित रथमा राधाकृष्णलाई विराजमान गराइ भाद्र १ गते आइतवार दिउँसो विराटनगर-१,२,३ काे संगम स्थल पानीटंकी पाेखरीयाबाट रथयात्रा निकालिने वताए ।
मन्दिर स्थापनासंगै वि.सं. १९८८ साल देखि युगल जोडी भगवान राधाकृष्ण आरूढ ‘खट’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालबाट विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको छ ।
९४ औं महोत्सव भव्य रूपमा मनाउन रथयात्रा महोत्सवमा नेपाल र भारतका सबै जाति, वर्ण र लिङ्गका गरि करिब ५ लाख श्रद्धालु भक्तजनहरूले प्रत्यक्ष अवलोकन गर्ने समितिले अनुमान गरेकोछ ।
सदा झै यस वर्ष पनि यूगल जोडी भगवान् राधाकृष्ण विराजमान नव निर्मित रथ राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई मेनरोड, ट्राफिक चौक, रोडशेष हुँदै महेन्द्रचौक, धरान रोड, वरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा आई पुग्दा जम्मा ४४ स्थानमा विश्राम गर्दै रथले ९ किलोमिटरको दूरी ६ घण्टाको समयावधिमा तय गर्नेछ । रथयात्रा सफल सञ्चालनका लागि यस मन्दिर कार्य समितिद्वारा १००१ सदस्यीय मुल रथयात्रा समारोह समिति गठन गरि सक्रिय रूपमा रथयात्राको तयारी भई रहेकोछ अध्यक्ष रेग्मीले जानकारी गराए ।
ऐतिहासिक रथयात्रा समाराेहलाई भव्य, सभ्य र व्यवस्थित बनाउन १६ वटा उपसमिति गठन गरी द्रुतगतिमा रथयात्राकाे तयारी भई रहेकाे अध्यक्ष रेग्मीकाे भनाइछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]