सर्लाही, श्रावण १२ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा गृह जिल्ला सर्लाहीको सर्लाहीको रामनगर गाउँपालिका अन्तर्गत पर्ने मठटोल देखि गडहिया डुमरिया जोडने मनुश्मारा खोलाको पुल बन्ने निश्चित भएको छ ।
सिंहले सडक डीभिजन प्रमुख सहितको प्राबिधिक टोलि समेत स्थलगत निरीक्षन तथा स्थानीयसंग छलफल भएको सिंहको स्वकिय सचिव निकेश त्रिपाठीले बताए । पुल नहुँदा विशेषगरी बर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । ‘पुल बनेपछि मानिस हिँड्न र सवारीका साधन आवत जावत गर्न सहज हुनेछ ।’
पुल नहुँदा बर्षायाममा बालबालिका विद्यालय आवतजावत गर्न र दैनिक उभोग्य सामग्री ढुवानीमा निकै समस्या भइरहेको स्थानीयको गुनासो छ । ‘अब चाहिँ पुलको सपना चाँडै पूरा हुने भएकाले स्थानिय निकै हर्षित भएका छन । नेपाली कांग्रेसका नेता एवम रामनगर गाउँपालिका अध्यक्षका प्रत्यासी हरिन्दन यादवले बताए । ‘पूर्व मन्त्री सिंहले निरीक्षण गरेपछि पुल निर्माण पनि समयमै हुने आमजनताले विश्वास लिएको छ ।’

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]