विराटनगर, श्रावण १३ गते । प्रेस चाैतारी नेपाल माेरंग शाखाले जनार्दन मैनाली पुरस्कारबाट निवर्तमान अध्यक्ष सुदिप काेइरालालाई नगद सहित सम्मान गरेका छन ।
जनार्दन मैनाली स्मृति पत्रकारीता पुरस्कार वितरण समाराेहका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद सहित सम्मान गरेकाे हाे ।
उक्त समारोहलाई सम्बाेधन गर्दै मुख्मन्त्रीले भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन ।
उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न पत्रकारिता क्षेत्रले आफ्नो ठाउँवाट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।
लोकतन्त्रका लागि पत्रकारिता क्षेत्रले खेलेको भूमिका स्मरणीय रहेको चर्चा गर्दै यो क्षेत्रलाई बलियो बनाएर लैजानुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भने अहिलेदेखिका प्रदेशका सबै समस्याहरू बिस्तारै हल भएर जाने र यो वर्ष झन् उत्कृष्ट काम हुने दावी गरेका छन ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष चालु र पूँजीगत गरी ८१ प्रतिशत खर्च गरी सात प्रदेशमा पहिलो भएकोमा सम्पूर्ण नागरिकहरुलाई वधाई दिएका छन ।
उहाँले राजनीतिक स्थायित्वको कारण प्रदेश सरकारले गत वर्ष आन्तरिक राजश्व चार अर्व ९८ करोड लक्ष्य लिएकोमा ९८ प्रतिशत संकलन गर्न सफल भएको र यो अघिल्लो आर्थिक वर्ष भन्दा सात दशमलव पाँच प्रतिशतले वृद्धि भएको जानकारी गराएकाे थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको विषयमा सुशासनका सम्वन्धमा उठेका प्रश्नहरुको यथाशिघ्र हल गरी वेरुजु घटाउने र नागरिकलाई सुशासनको प्रत्याभूति दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उहाँले प्रदेश सरकारले ल्याएको प्रदेश संचार प्रतिष्ठान विधेयक प्रदेश सभामा छलफलको क्रममा रहेको जानकारी दिँदै छिटै पास हुने र त्यसका माध्यमवाट सञ्चारकर्मीको स्वास्थ्य विमा लगायत वृत्ति विकासमा योगदान पुर्याउने जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले पत्रकारिता क्षेत्रमा काम गर्नेलाई प्रदान गर्ने पुरस्कारले उर्जा थप्ने वताए ।
हरेक वर्ष प्रेस चौतारी मोरङले यो पुरस्कार प्रदान गर्दै आएको छ। प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाकाे अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]