
विराटनगर, श्रावण १५ गते । माेरंगकाे बुढीगंगा गाउँपालिकामा रहेकाे टंकीसिनवारी जेसीजले भविष्यका परिवर्तनकारी नेतृत्वको खोज र विकासलाई थप संस्थागत बनाउने दिशामा एक ऐतिहासिक यात्रा आरम्भ गर्न भीम अजिता वक्ता च्याम्पियनशिप प्रतियोगिता हुने भएकाे छ ।
नेतृत्व उत्पादन गर्ने स्कूलको रूपमा चिनिएको संस्था टंकीसिनवारी जेसीजका अध्यक्ष जेसी अनिश भट्टराईले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी टंकीसिनवारी जेसीजले आफ्नो स्थायित्व, संस्थागत दीर्घकालीनता र नेतृत्व सशक्तिकरणलाई केन्द्रमा राख्दै भाद्र २७ गते भीम अजिता वक्ता च्याम्पियनशिप प्रतियोगिता गर्न लागेकाे वताए ।
नेतृत्व र व्यक्तित्व विकासका लागि “नेतृत्व पाइपलाइन” निर्माण गर्नु, टंकीसिनवारी जूनियर जेसीजको ब्रान्डिङ गर्दै भविष्यका युवा नेतृत्वहरूलाई अवसर दिनु, भाषण, अभिव्यक्ति र विचार प्रस्तुतिका माध्यमबाट युवामा आत्मविश्वास र सामाजिक उत्तरदायित्वको विकास गर्नु प्रतियोगिताकाे मुख्य उदेश्य रहेकाे भट्टराईले जानकारी गराए ।
प्रतियोगितामा नेपालभरि रहेका १८४ जेसीजका शाखाहरु तथा जुनियर जेसीज शाखाहरूका प्रतिनिधिहरुबीच प्रतिस्पर्धा हुनेछ। खुला सहभागिता रहने यस प्रतियोगिताले राष्ट्रिय स्तरका उत्कृष्ट वक्ताहरुलाई एक मंचमा उतार्ने लक्ष्य रहेकाे छ ।
प्रतियोगितामा प्रथम हुने विजेताहरुलाई ३० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुनेले १ हजार ५ सय रजिष्ट्रेशन फि बुझाउनुपर्नेछ ।
उक्त प्रतियोगिता प्रत्येक वर्ष गर्न टंकीसिनवारी जेसीजका पिता भीम घिमिरेले १ लाख रकमकाे अक्षयकोष खडा गर्न सम्झौतामा समेत हस्ताक्षर गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]