भोजराज घिमिरे / पथरी, श्रावण १६ गते । पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिता आउदाे कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुने भएकाे छ ।
पथरी-११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो।
क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख, दोस्रो पुरस्कार २ लाख ५० हजार प्रदान गरिनेछ।
प्रतियोगिताको अनुमानित खर्च ६० लाख रलग्ने आयाेजकले अनुमान गरेकाे छ ।
कार्यक्रममा क्लबका मुख्य प्रशिक्षक अर्जुन बस्नेत र प्रतियोगिताको पहिलो संस्करणका संयोजक जितन राईले दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी भइरहेको जानकारी गराए।
संयोजक राईका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय युवा प्रतिभा र अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराउने रहेको छ।
सो अवसरमा प्रमुख अतिथि पथरी शनिश्चरे खेलकुद विकास समितिका संयोजक दीपक राईले प्रतियोगितालाई सफल बनाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
क्लबले पहिलो संस्करणपछि भएको आम्दानी–खर्च विवरण पनि सार्वजनिक गरेको छ। अध्यक्ष विकद्वारा प्रस्तुत विवरणअनुसार, पहिलो संस्करणपछिको कुल आम्दानी १७ लाख ८५ हजार ८४० रुपैयाँ, कुल खर्च १४ लाख ८१ हजार १५५ रुपैयाँ र हालसम्म बैंकमा ३ लाख ४ हजार ६८५ रुपैयाँ मौज्दात रहेको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]