कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने घोषणा
जीतपुर , कपिलवस्तु, श्रावण २६ गते । कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।
जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुने वेलफेयरका अध्यक्ष राज कुमार खाँणले वताए ।
तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासकाका साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् ।
पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थिक मन्दीले पारेको असर, चर्को व्याजदरले व्यावसायिक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरणमा वेयरफेयरले महोत्सवलाई चुनौतीपुर्ण समयमा निरन्तरता दिदै आएको थियो ।
यस अगाडी वेलफेयरले आयोजना गरेको महोत्सवबाट सकंलन भएको बचत रकमबाट लागुऔषध दुर्व्यसनी तर्फ सहयोग पुर्याउदै आएको थियो ।
सामाजिक कृयाकलाप, सामुदायिक सहयोग, चोकमा सि.सि क्यामरा, कला संस्कृतिलाई संरक्षण लगाएतका काम गर्दै आएका छन् ।
जिल्लामा हालसंम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेका छन् । २०६५ बाट सुरु भएको महोत्सवको पहिलो संयोजकको रुपमा स्थानिय समाजसेवी स्व.शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि कपिलवस्तु व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने संक्रमण कालमा युवाहरुले सम्हालेका थिए ।
जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए ।
सातौ , नवौं एघारौ , चौथौ महोत्सव संहालेर कपिलवस्तु महोत्सवलाई फरक पहिचान दिन सफल राज कुमार खाँण सामाजिक उत्तरदायित्वमा समेत उत्तिकै अब्बल छन् । हाल सम्म जिल्लामा सर्वाधिक महोत्सवको नेतृत्व संहालेका वेलफेयरका अध्यक्ष राजकुमार खाँण हुन् । १० आैं महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।
यस अगाडीका महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका थिए ।
१६ औं कपिलवस्तुको नेतृत्व चर्चित समाजसेवी एवं बाणगंगा वेलफेयर सोसायीटीका अध्यक्ष खाँणले काधमा छ।
महोत्सवले कपिलवस्तु जिल्लाको एतिहासिक तथा धार्मिक विकास सँगसँगै उद्योग व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक खाँणको भनाई छ ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गने जनाईएर्को छ ।
१६ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने भएको छ । कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त महोत्सव हुन लागेको बाणगंगा वेल्फेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।
वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले १५औं महोत्सवको मञ्चबाट नै यस वर्षको मिति घोषणा गरिएको स्मरण गराउँदै महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान भएको बताएका छन् ।
अध्यक्ष खाँणले महोत्सवलाई कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थभन्दा बाहिर राखी, सबै पक्षको एकता र सहकार्यमा सम्पन्न गरिने बताएका छन् । उनले महोत्सवलाई भव्य, सफल र राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत उल्लेख गरे ।
यस आगाडीका महोत्सवमा हेलिकप्टर सयर गराएर कपिलवस्तुको आकासबाट पुष्पबर्षा ले स्वागत गरि नया“पन दिएको महोत्सवमा अहिले सम्मकै नौलो राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन हुने बताईएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]