विराटनगर, श्रावण २७ गते । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा एक पत्रकार दुई व्यवसायी र दुइ विद्यार्थी सम्मानित भएका छन ।
सम्मानित हुनेहरूमा अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्ट, यूवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौला, महिला उद्यमी सम्मानबाट बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारी, स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिंकीकुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगदसहित कदर पत्र, दाेसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पूर्वमन्त्री एवम् उपमहासचिव प्रदीप ज्ञवाली लगागत अतिथिहरूले सम्मान गरेका छन ।
प्रमुख अतिथि ज्ञवालीले सम्वाेधन गर्दै भने मुलुकको सर्वाङ्गीण विकास समृद्धि गरी जनताको जीवनस्तर उकास्नेतर्फ दलहरुको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिदै मुलुक विकासमा पछाडि नरहेको दावी गर्दै ७७ जिल्लामा सडक,९७ प्रतिशत विद्युत, ९७ प्रतिशत खानेपानी र ९९ प्रतिशत बालवालिकाको विद्यालय पहुँच रहेको वताए ।
पूर्वमन्त्री ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै विकास भएको कारण आगामी सन् २०२६ मा नेपाल विकासिल देशमा परिणत हुन गैरहेको दावी गर्दै उहाँले मधेश प्रदेशमा खेतीका लागि आकासे वर्षाको निर्भरता अन्त्य गर्न आगामी केही वर्षभित्र सुनकोशी डाइभर्सन निर्माणवाट एक लाख ८२ हजार जमीन सिंचाई हुने वताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीयता स्थापना पछि मुलुकले विकासमा फड्को मारेको चर्चा गरेका थिए ।
सम्मानित उद्यमी चेतन निरौला, नेकपा एमालेका नेता विनोद ढकाल, नेपाल उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ठूलो सङ्र्घष गरी सडकबाट व्यापार सुरु गर्नु भएको स्व. कृष्णप्रसादले स्थापना गर्नु भएको ढुवानी व्यवसायमा तीन सय जनालाई रोजगार दिएकामा उहाँबाट सवैले उहाँबाट प्रेरणा लिनु पर्ने बताउनु भएकाे थियो ।
स्वर्गीय सिग्देलले सञ्चालन गरेको स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि.का कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमश ५१ हजार र २१ हजार तथा मजदुरहरुलाई कपडा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियो ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]