विराटनगर, भदौ ३ गते । उदयपुरको बेलका नगरपालिका-२ स्थितबाट प्रहरीले बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार प्हरीले नियन्त्रणमा लिएको छ ।
भदौ २ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कारलाई नियन्त्रणमा लिएको थियो ।
उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तीहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोज तलास तथा थप अनुसन्धान भई रहेको छ ।
त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उप-महानगरपालिका-१७ स्थिबाट सोही स्थानका २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल-१ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]