दिलीप अग्रवाल
रंगेली, भाद्र ३ गते । मोरङको रंगेली नगरपालिका-५ स्थित चाँदनी चोकमा लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक प्रहरीकाे फन्दामा परेकाेछ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत, बिहार, अररिया जिल्ला, मुरारीपुर–१ निवासी २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षीय नुर हसन रहेका छन्। उनीहरूको साथबाट करिब १०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।
साथै उनीहरू सवार रहेका भारतीय नम्बर प्लेट बीआर ३९ ई ३२९३ भएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ।
प्रहरी निरीक्षक बोगटीका अनुसार यो सफलता दुई दिनकाे गाेप्य निगरानी र टोलीको मेहनतको परिणामस्वरूप सम्भव भएको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]