पदमकुमार सरदार
विराटनगर, भाद्र ४ गते । हिन्दु धर्म संस्कृतिकाे जगेर्ना गर्ने उदेश्यले नेपाल पत्रकार महासंघका महिला पत्रकारहरूले तीज पर्व मनाएका छन ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा आयोजित कार्यक्रममा महिलाहरुले विभिन्न गित संगीतमा नृत्य प्रस्तुत गरेर तीज पर्व मनाएकाे हाे ।
हिन्दुहरुको धर्म संस्कृति जगेर्ना गर्ने उदेश्यले हरितालिका तिज कार्यक्रमको आयोजना गरेको महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले बताउनुभयो ।
हरितालिका तिज कार्यक्रमले मोरङमा कार्यरत महिला पत्रकारहरु एक ढिका हुन मदत पुगेको उहाँकाे भनाइ छ। कार्यक्रममा महिला पत्रकारहरु तिजको गितमा रमाउँदै नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालीकाकी उपमेयर शिल्पा निराला कार्कीले शुभकामना व्यक्तगर्नुहुँदै उहाँले हरितालिका तिज कार्यक्रमले सवै जातजातिहरुलाई एक ढिका मनाउने मदत पुगेको बताउनुभयो । यसको संरक्षण गर्न नयाँ आउने पुस्ताहरुलाई पनि तीजको महत्वको विषयमा सिकाउन जरुरी रहेको उपमेयर कार्कीले बताउनुभयो ।
महासंघ मोरङकी उपाध्यक्ष तारा आचार्यको संयोजकत्वमा हरितालिका तीज कार्यक्रम सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]