विराटनगर, भाद्र ५ गते । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. ले २५ वर्ष पुगेकाे अवसरमा भाद्र ८ गते आईतवार रजत जयन्ती मनाउने भएकाेछ ।
न्यूरो कार्डियो एण्ड मन्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. ले पत्रकार सम्मेलन गरी साे कुराकाे जानकारी राजेश भट्टराईले गराएको हाे ।
२५ बर्ष अघि अस्पतालका संस्थापक डा. बिरेन्द्र कुमार बिष्टले बेलायतबाट आफनो अध्ययन पुरा गरे पश्चात थालेको त्यो सानो पाइला आज एउटा यस्तो अस्पतालको रुपमा परिणत भएको छ जुन अस्पताललाई एउटा संरचनाको रुपमा मात्र होइन एउटा सोचको रुपमा हेर्न थालिएको वताए ।
वि. सं. २०५७ साल भाद्र ८ गते न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरको रुपमा तत्कालिन बेलायती राजदुत रोनाल्ड पिं नास बाट उदघाटन भएको अस्पताल २०६२ असोज १ न्यूरो हस्पिटलको रुपमा रुपान्तरण भएकाे थियोे ।
२०६२ असोजमा तोसिया सिटी स्क्यान मेशिन जडान, २०६३ सालमा स्त्री रोग तथा प्रसुती सेवा, २०६७ सालमा निजी स्तरवाट पुर्वकै पहिलो न्यूरो सर्जरी सेवा सुरू, २०६८ सालमा पुर्वकै पहिलो अत्याधुनिक १६ स्लाइसको सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याइए पश्चात २०६९ सालमा निजी स्तरबाट पूर्वकै पहिलो सिमेन्स कम्पनीको एम आर आई मेशिन जडान थियो ।
२०७० सालमा न्यूरो हस्पिटलबाट न्यूरो कार्डियो एण्ड मल्टिसर्पशयालिटी हस्पिटलमा परिणत लगतै जनरल सर्जरी, नाक, कान, घाँटी, आखाँ रोग, मानसिक रोग, जनरल मेडिसिन लगायतका सेवाहरुको विभाग विधिवत रुपमा सुचारु भएकाे थियोे ।
२०७१ वैशाखमा पुर्वको पहिलो क्याथल्याब सेवाको शरुवात, २०७४ मंसिरमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलको स्थापना, सन् २०२० मा कोभिड महामारीले विश्व आकान्त थियो, त्यतीबेला पनि अग्रपंक्तिमा रहेर २०७७ साल मंसिरमा कोभिड हस्पिटलको स्थापना गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
२०८० मसिरमा विश्व विख्यात जनरल इलेक्ट्रिक कम्पनीको एम. आर आइ सेवा र श्रावण २०८१ मा नेपालकै पहिलो १२८ स्लाई एआई पावर्ड सिटी स्क्यान मशिन को जडान गरेकाे थियो ।
स्थापना कालदेखि अहिले सम्म ७ हजार ५ सय भन्दा बढी सफल न्युरो सर्जरी, ५ हजार भन्दा बढी मुटु सम्बन्धी प्रोसिडयूर, ६ हजार भन्दा बढी हाडजोनींका शल्यक्रियाहरु सफलतापुर्वक सम्पन्न गरिसकेकाे जानकारी भट्टराईले गराए।
रजत जयन्तीको अवसरमा हामीले सप्ताहव्यापी कार्यक्रमहरुमा राधाकृष्ण रथयात्रामा हेल्थ डेस्क, मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य जाँच तथा औषधी, फलफुल बितरण, बृहत रक्तदान कार्यक्रम अन्तर्गत २५६ पिण्ट रगत संकलन लगायका कार्यहरू गरेकाे छ । त्यसैगरि भाद्र ८ गते देखि भाद्र १४ सम्म २५ वटा जाँचमा २५% छुटको व्यवस्था समेत गरेकाे छ ।
समाजिक कार्यहरुलाई व्यवस्थित गर्नको लागी सामाजिक सस्था तुलसा देवि फाउण्डेशनको स्थापना गरी फाउण्डेशनले प्रत्येक बर्ष कोशी प्रदेशबाट एक जना उत्कृष्ट नर्स र एक जना उत्कृष्ट मेडिकल अफिसरलाई ५१ हजार राशीको पुरस्कार सहित सम्मान प्रदान गर्ने, न्यूरो अस्पतालको प्रांगणमा ब्लड बैंकको स्थापना, न्यूरो बंगलामुखीको सोसाइटीसँगको सहकार्यमा न्यूरो अस्पताल वरीपरी सरसफाई, वृक्षारोपण, हरियाली कायम गर्ने, सिसि क्यामेराहरुको जडान, थप बत्तीहरुको जडान लगायतका कामहरु गर्ने भएकाे छ ।
अहिले १५० शैयामा सन्चालित अस्पताल चाडै २५० शैयामा बढोतरी हुने, बिराटनगर बाहिर कोशी प्रदेश र मधेश प्रदेशका थप ३ ठाँउमा सेवा बिस्तार गरी सुपरस्पेशियालिटी सेवाहरु प्रदान गर्ने योजना रहेको भट्टराईले जानकारी गरए ।
हस्पिटलमा, न्युरोलोजी, न्युरो सर्जरी, मुटु रोग, हाडजोर्नी रोग, जनरल मेडिसिन, जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक, स्त्री रोग तथा प्रसुती,नवजात शिश तथा बाल स्वास्थ्य सेवा, मानसिक रोग, नाक, कान, घाँटी, नेफोलोजी, युरोलोजी, ग्याष्ट्रोलोजी, नेत्र रोग सेवा, आपातकालिन चिकित्सा रेडियोलोजी, चर्म तथा यौन रोग सेवा, फिजियोथेरापी, संकमण रोग उपचार, प्याथोलोजी, एनेस्थेसियोलोजी, दन्त रोग,बाथ रोग लगायत २२ किसिमको सेवा उपलब्ध रहेकाेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]