विराटनगर, भाद्र ७ गते । काेशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार २०८२ बाट वरिष्ठ पत्रकार तिर्थ काईराला सम्मानित भएकाे छ ।
नेपाल पत्रकार महासंघ माेरंगले आयाेजना गरेकाे पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि काेशी प्रदेका सभामुख मानवीय अम्बर बहादुर विष्टले पीताम्बर खिलेश्वरी समृति प्रतिष्ठान विराटनगरले स्थापना गरेकाे २५ हजार राशीकाे पुरस्कारबाट काईरालालाई सम्मान गरेकाे हाे ।
समाराेहलाई सम्बाेधन गर्दै काेशी प्रदेका सभामुख मानवीय अम्बर बहादुर विष्टले भने आमसञ्चार विधेयक पत्रकारहरूकै लागि भएकाेले पत्रकारकाे हित हुनेगरी सञ्चार विधेयक वनाउन सहजीकरण गर्ने वताए ।
पुरस्कृत व्यक्तिको परिचय नेपाल पत्रकार महासंघ माेरंगकाे सह सचिव रेवती रमण निराैलाले गरेका थिए । त्यसै गरी काेशराज रेग्मीकाे परिचय अनन्त राज नेउपानेले गराएका थिए ।


पुरस्कार समर्पन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल नेपाल पत्रकार महासंघ काेशी प्रदेशका उपाध्यक्ष कुमाेद अधिकारी, नेपाल पत्रकार महासंघ माेरंगका पूर्व अध्यक्ष यज्ञ शर्मा, माेहन भण्डारी, महेन्द्र विष्ट, उपस्थित रहेकाे थियाे ।
पुरस्कार समर्पण समारोह नेपाल पत्रकार महासंघ माेरंगका अध्यक्ष शुशीला पाठककाे अध्यक्षकाेे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]