अमित ठाकुर
रौतहट, भदौ ८ गते । रौतहटको गौर नगरपालिका-९ गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने मुडवलवा मोड नजिक गएराती सुटकेश भित्र महिलाको शव फेला परेका थियोे ।
मुडबलवा गेट नजिक शनिवार राति ९ बजे तिर डोरीले बेरिएका सुटकेश संकाष्पद रहेको अवस्थामा स्थानीयहरुले प्रहरीलाई जानकारी गराएकाे थियो ।
प्रहरीले घटना स्थलमा पुगेर सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेकाे थियो । सुटकेश कसले त्यहाँ छाडेको हो, कहाँको महिला हो, किन मारेर त्यहाँ राखे सन्दर्भमा प्रहरीले अनुसन्धान राती देखिनै सुरु गरेको प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए।
मृतकको पहिचान खुलेको र अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ। फालिएको सुटकेश भित्र माधवनारायण नगरपालिका वडा नंबर ६ माधोपुरका रामबिनोद साह सुडीकाे २७ बर्षीय विवाहित छोरी रुवी साह सुडी रहेको पुष्टि भएको छ।। मृत्यु सुडीको ससुरा घर भारत बिहार राज्यको मुज्जफरपुर रहेको मृतकको भिनाजु राजन साह सुडीले बताए । मृतक सुडीकी ४ बर्षीय छोरा पनि रहेको मृतकका आफन्तले बताए ।
मृतक सुडीकी आमा गौर नगरपालिका वडा नंबर २ सुस्मा प्यालेस भन्दा पश्चिम टोलमा डेरा लिई बस्दै आएको थियो। मृतक सुडी लगभग २ महिना देखि आमा संगै बस्दै थियो । त्यसैगरी तिन दिन अघि गौरमा चाकु प्रहारबाट सहाबुद्दिन मियाको विभत्स हत्या भएकाे थियो । अपराधीहरु सलबलाईरहेका छन् तर सुरक्षामा तैनाथ जिम्मेवार निकायले सुइको समेत नपाउनुबाट अपराधको घटनामा श्रृंखलाबद्ध रुपमा वृद्धि हुदै जाँदा रौतहटबासी चिन्तीत बन्न थालेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]