विराटनगर, भाद्र १६ गते । विराटनगर महानगरपालिका वडा नं. ८ स्थित प्रगती विनायक टोलमा रहेको गणेश मन्दिरकाे स्थापना दिवस भव्यताका साथ सम्पन्न भएकाे छ ।
गणेश मन्दिरमा विराजमान रहेकाे गणेश भगवानको टाेलवासीहरूले मिलेर पूजाअर्चना गरी स्थापना दिवस मनाएकाे हाे ।
स्थापना दिवसकाे अवसरमा भक्तजनहरु, मन्दिरका संरक्षकहरू, संस्थापक सदस्यजहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मन्दिरका पूर्व संचालकहरु, पूर्व र वर्तमान सल्लाहकारहरु, मन्दिरको विभिन्न समिति, उपसमितिमा रहेका पूर्व र वर्तमान सदस्यहरु, विगतमा आयोजना भएको भागवत पुराण र अन्य अवसरमा मन्दिरको निर्माण र अन्य कार्यको लागि दान दिनुहुने दाताहरूकाे उल्लेख्य उपस्थित रहेकाे थियो ।
टाेलवासीकाे आर्थिक, भाैतिक तथा नैतिक समर्थनले भगवन गणेशकाे पूजाअर्चना, भजन, किर्तन, नाचगान गर्नुका साथै प्रसाद वितरण गरी भव्य र सभ्य रूपमा स्थापना दिवस सम्पन्न भएकाे गणेश मन्दिर व्यवस्थापन समितिका कार्वाहक अध्यक्ष गणेश खड्काले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]