जय प्रकाशमहतो
विराटनगर, भाद्र १७ गते । कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विद्येयकको प्रस्तावना र दफा २ परिभाषाको उपदफा “६” मा सरकारी कामकाजको भाषाको लागि केही भाषाहरुको नाम प्रस्ताव भएको छ । भाषा स्थानीय तहमा बढी भन्दा बढी मान्छेले बुझने, बोल्ने र जान्ने प्रकृतिको हुनु पर्दछ । यसलाई आधार बनाउने हो भन्ने ठेठी भाषा सबै भन्दा उपयूक्त हुन्छ । हुन त ठेठी भाषा भनेर तथ्यांकमा छैन् तर घर घरमा ठेठी भाषा बोलिन्छ भन्ने कुरामा हामी सबै सहमत छौं । अव हामी मातृभाषाको बारेमा छोटो चर्चा गरौं ।“भाषाभूगोल र जातपहिचानको मूलआधार हो ।”
पहिलो भाषा, जिब्रोको बोली, मूलभाषा, माता–पिताका जीब्रोको बोली एउटा भाषा हो त्यसलाई मातृभाषा भन्दछ । मातृभाषा भूगोल र जातसँग सम्बन्ध राख्दछ । कोशी प्रदेशमा विभिन्न जातजाति र भूगोलमा फरक फरक मातृभाषा रहेको हामी सबैलाई थाहा नै छ । यसलाई एउटा कडीको रुपमालिनु पर्ने हो । जुनभूगोल वा स्थानीयमा जुन भाषा बोल्दछ त्यहाँ स्थानीय जनसंख्याको आधारमा सरकारी कामकाजको भाषाहुनु पर्दछ । जस्तै मगही भाषा धनकुटा, खोटाङमा आवश्यक छैन त्यस्तै सुनसरीको देवानगंज र हरिनगरामा शेर्पा भाषाको कुनै आवश्यक छैन् । हो, हामी सबैले सबैको भाषालाई सम्मानगर्नु पर्छ । मातृभाषा समाज र भूगोलको पहिचान पनि हो । एउटा मान्छेको पहिलो भाषा सामाजिक र सांस्कृतिक भावनासँग जोडिएको हुन्छ । यसलाई संरक्षण गर्ने सरकारको पहिलो दायित्व हो ।
कोशीप्रदेशमा स्थानीय जनसंख्याको आधारमा सरकारी कामकाजको भाषालागु गर्दा सफलहुने विश्वास छ । तसर्थ, मोरंग, सुनसरी, उदयपुर र झापामा मगही, अंगिका, राजवंशी र थारु बोल्ने जातिहरुको बाकलो जनसंख्या छ । जुनभाषाको जहाँ प्रभाव बढी छ त्यहाँ त्यहीभाषा सरकारी कामकाजको भाषा हुनु पर्छ भन्ने मान्यता सरकारको हुनु पर्दछ । यसको जिम्मेवारी स्थानीय पालिकालाई दिनु पर्ने हो । प्रदेश सरकारले स्थानीयतहसँग समन्वय गरी लागु गर्नु पर्ने देखिन्छ ।
कोशी प्रदेशको तराई क्षेत्रमा घर घरमा बोलिने भाषालाई ठेठी भन्छ । तराईको ठेठ भाषा भनेको शुद्ध भाषा हो । ठेठ भाषा नै मगही भाषा हो । घरमा बोलिने भाषा जस्तै लेखाई पनि हुनु पर्छ । बोलाई र लेखाईमा धेरै फरक भएमा उक्त भाषा त्यो व्यक्तिको लागि मातृभाषा हुन सक्दैन् । यादव, तेली, कुशवाहा, धानुक, केवट, मल्लाह, हलुवाई, हजाम, पासवान, दुसाद, चमार÷राम, अमात, नुनिया, खत्वे, केवरत, कलवार, सोनार, बनियाँ, सुडी, तत्मा, कुर्मी, कुम्हार, सरवरिया, रौनियार, कथवनिया, भेडिहर, देव, बिन, राजभर, बरई, धोवी, कहार, माली, राजधोव, कानु, लगायतकाजातिहरुले ठेठी बोल्दछ । जसलाई मगहीवामागधी भनिन्छ ।
तसर्थ, स्थानीयम बोलिने मगही भाषा बोल्ने ठाँउमा मगही भाषा, राजवंशी भाषा बोल्ने ठाँउमा राजवंशी भाषा, अंगिका बोल्ने ठाँउमा अंगिका भाषालाई कामकाजको भाषा बनाउन हार्दिक अनुरोध अपिल गर्दछु । यसले मात्रै सबैको भाषा सबैको पहिचानलाई स्थापित गर्छ । कोशी प्रदेश भित्रको तराई भूगोलमा स्थानीय तहको पालिकाहरुमा यी भाषाहरुको पनि बाकलो उपस्थिति छ । जसलाई नदर अन्दाज गर्न मिल्दैन् । ति भाषाहरु आफनो पहिचान खोजिरहेको छ । तर अति आधुनिक विद्धानहरुले मगही÷ठेठीलाई अर्को भाषाको नाम दिएर वकालत गरेको देख्दा अचम्म लाग्दछ ।
घर घरमा गएर गरिएको जनगणना २०७८ मा गणकले परिवारको संख्या सोध्ने, अन्य भौतिक आवश्यक कुराहरु सोध्ने बाहेक पहिचानको कुराहरु नसोधेकोले यो कम तथ्यांक आएको हो । गणकले आफनै मनले जात हेरेर भाषाको नाम लेखेको जानकारी गराउन चाहान्छु । गणकले पुर्खाको भाषा, मातृभाषा र दोस्रो भाषा के हो भनेर नसोधेको कारण तथ्यांक सहीनआएको कुरा त्यस वेला निकै चर्चामा आएको थियो । अव देखि गणकले जनगणना गर्दा यी कुराहरु प्रति सचेत भएर गणना गर्नु पर्दछ भन्ने मेरो बुझाई रहेको छ । कसैको भाषिक पहिचानलाई ख्यालख्यालमा समाप्तगर्नु हुदैन यसको लागि सबैले चासो राख्नु पर्ने मेरो धारणा छ ।
तथ्यांक २०७८ को आधारमातयार गरिएको तथ्यांक
मथि उल्लेख गरिएका भाषाहरु स्थानीय तहमा लागु हुने गरी सरकारी कामकाजको भाषा बनाउन सर्ब स्वीकार हुन्छ । सबैको भाषा सबैको पहिचान कायम हुदै आम नागरिकले अपनत्व महसुश गर्नेछ । कोशीप्रदेशमा ठेठी (मगही) भाषाबोल्ने जातिहरु र जनसंख्या धेरै छन् ।
ठेठी (मगही) भाषा मुस्लिम, राजवंशी लगायत तराईका अन्य जातिहरुले पनि बोल्दछ । त्यर्सैले, स्थानीयमा घर घरमा बोलिने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिनु आवश्यक छ । पुनः स्मरण गराउन चाहान्छु कि मातृभाषा भनेको घरको भाषाहो ।यसलाई संरक्षण गर्न सरकारको प्रमुख दायित्व हो ।
अर्थात माथि उल्लेख गरिएको जातिहरुको मातृभाषा मगही (ठेठी) लाई सही मूल्यांकनगर्दा कोशीप्रदेशको तराई भूगोलमामगहीभाषा सरकारी कामकाजको भाषा राख्दा अधिकतम् फाइदा हुने र सरकारी नीति सफल हुने देखिन्छ । लेखक महतो भाषा संस्कृति प्रतिष्ठान विराटनगरका अध्यक्ष हुनुहुन्छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]