विराटनगर, फागुन २७ गते । नेपाल भाषा, सास्कृति, कला, साहित्य, नाटक र नेवाः परिकारको पहिचानमा ५ दशक देखि देश विदेशमा निरन्तर क्याशील मध्येपुर थिमी, भक्तपुर निवासी साँस्कृतविद् एंव साँस्कृतिक धरोहर भाजु गणेश राम लाछीलाई झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघले सुदर्शन-कपिला सिरपा सुशाेभन एवं सम्मानबाट सम्मानित गर्ने भएकाेछ ।
झी पुच: विराटनगरले पत्रकार सम्मेलन सम्मेलन गरी सुर्दशन कपिला सिरपण दृष्ट/ झी पुचः काे प्रवक्ता एवं वरिष्ठ उपाध्यक्ष सुरेशलाल श्रेष्ठले साे कुराकाे जानकारी गराए ।
उक्त सम्मान नेपाल सम्बत्त ११४० (२०७६) को न्हू दयाँ नयाँ वर्ष को कार्यक्रममा झी पुचःका संरक्षक एवं समाजसेवी विराटनगर १० निवासी सुर्दशन वहादुर श्रेष्ठ तथा वहाँको परिवारले नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन एव जर्गेणा गर्ने संस्था वा व्यक्तिलाई भी पुचः मार्फत प्रत्येक २-२ वर्षमा कदर स्वरुप सुर्दशन-कपिला सिरपा द्वारा सुशोभित र सिरपा थैली नगद २ लाख प्रदान गरी सम्मान्नित गर्न प्रारम्भमा रु १५ लाखको अक्षय कोष खडा गरेको थियो । ५ लाख थप गरी अहिले २० लाख भएको समे श्रेष्ठले जानकारी गराए ।
उक्त सम्मानबाट लाछीलाई फागुन २९ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मंत्री माननीय भीम पराजुलीको प्रमुख आथित्यमा एक भव्य समारोह विच सुशोभन र सम्मान गर्ने र सोही समारोहमा सांस्कृतिक स्मारिका समेत विमोचन गरिने श्रेष्ठले जानकारी गराए ।
५० हजार लागतमा तयार गरिएको आकर्षक कलात्मक सुर्दशन-कपिला सिरपा र सिरपा थैली पहिलाे पटक २ लाख सत्यमोहन जोशी, दाेस्राे पटक सिक्किम नेवा गुठी, तेस्राे पटक नेवा खल: कास्कीलाई सुदर्शन-कपिला सिरपा सुशाेभन एवं सम्मानबाट सम्मानित गरिएकाे थियोे ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ माेरंग अध्यक्ष सुशीला पाठक, झी पुच: अध्यक्ष सरद श्रेष्ठ, ट्रष्टका संरक्षक सुदर्शन बहादुर श्रेष्ठ, संरक्षक हरि बहादुर श्रेष्ठ, भविष कुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]