विराटनगर, भाद्र १९ गते । विराटनगर देखि २२ किलोमिटर पूर्व माेरंगकाे पुरानो सदरमुकाम रंगेलीकाे बकराह खाेलाकाे पूर्वमा टाँसेर रहेकाे संसारी माताकाे नामबाट दर्ता भएकाे संसारी खबर अनलाइन पाेर्टलकाे विधीवत रूपमा पूजाअर्चना गरी शुभारम्भ भएकाेछ ।
शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काेशी प्रदेशका अध्यक्ष भरत खड्काले रिवन काटेर प्रेस खबरद्वारा संचालित संसारी खवरकाे शुभारम्भ गरेका थिए । विराटनगर-८ मा रहेकाे अष्ट चरणजिवी मन्दिरमा भएकाे शुभारम्भ कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष खड्काले भने पत्रकारीता क्षेत्रलाई मर्यादित बनाउदै अगाडि बढ्न सुझाव दिदै संसारी खबर न्युज पाेर्टल देश विदेशमा लाेक प्रियता कायम गर्न सफल हाेस भनी शुभकामना दिएका थिए ।


त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य माननीय जयराम यादव, विराटनगर-८ का वडा अध्यक्ष राम पाेखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष शुशीला पाठक, उपाध्यक्ष संताेष सिग्देलले संसारी खबरकाे सफलताको शुभकामना दिएका थिए ।
पत्रकारसंग सम्बन्धित संघ, संगठनका प्रतिनिधिहरू, विभिन्न संचार माध्यमका संचालकहरू, पत्रकारहरू र राजनितीक दलका प्रतिनिधिहरू र संसारी खवरका सम्पादक सराेज प्रसाद दहाल लगायतको उपस्थित रहेकाे थियोे ।
संसारी खबरकाे प्रवन्ध निर्देशक सुनिल यादवकाे अध्यक्षतामा शुभारम्भ कार्यक्रम सम्पन्न भएकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]