विराटनगर, भाद्र २१ गते । मधेशी महिलाहरुले मनाउने महान पर्व जितियाको अवसरमा मैथिल ब्राह्मण सभा महिला कार्य समिति मोरंगले शुभकामना अदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि श्रीराजदेवी संगित कला केन्द्र प्रशिक्षणको अध्यक्ष विद्या मिश्राले कार्यक्रमलाई सम्बोधन गर्दै भने खास गरी तराई मधेशमा बसोवास गर्ने सवै जातजातिका महिलाहरुले मनाउने महान पर्व जितिया घरघरमा व्रत बसी मनाउने गरेता पनि हाल आएर जितिया पर्व आउनुभन्दा पहिले देखि नै टोलबस्तीहरुमा महिलाहरुको समूह मिलेर सामूहिक नाचगान, मिठा मिठा पकवानहरु व्यवस्था गरी सामूहक रुपमा खनपिन गरी रमाइलो गरी मनाउने भएकोले महिलाहरुको क्षमता विकास समेत भएको वताए ।
सोही अवसरमा प्रमुख अतिथि मिश्राले विराटनगर–९ को मिरा झालाई सांस्कृतिक क्षेत्रमा योगदान गरे वापत, विराटनगर–१० को स्नेहा झा पिएचडीमा सतप्रतिशत अंक प्राप्त गरे वापत र विराटनगर–१२ को जया कुमारी ठाकुर (चौधरी) लाई चित्रकला क्षेत्रमा योगदान गरेवापत सम्मान गरेका थिए ।
उक्त कार्यक्रमा विशिष्ठ अतिथिको रुपमा मैथली ब्राह्मण सभा जिल्ला अध्यक्ष मनोज मिश्रा, आभा मिश्रा, आरती झा, सल्लाहकार समितिका भगवान झा, लक्ष्मी रमण झा, विपुलेन्द्र झा, मैथिल ब्राह्मण सभा यूवा कार्यसमिति मोरंग अध्यक्ष राजेश्वर मिश्रा अतिथी सल्लाहकार प्रेम नारायण झा लगायतले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा दर्जनौ समाजका उच्च ओहोदाका व्यक्तित्वहरु र उल्लेख्य महिलाहरुको उपस्थिति रहको थियो ।
महान पर्व जितियाको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम मैथिल ब्राह्मण सभा महिला कार्यसमिति मोरंग अध्यक्ष प्रीति झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]