विराटनगर, असाेज २ गते । भ्रष्टाचार लगायतको वेतिथीहरूकाे विरूद्वमा जेनजी यूवाहरूले गरेकाे आन्दोलनकाे क्रममा भएकाे आगजनी, ताेडफाड र लुटपाटका कारण माेरंगकाे धनपालथान गाउँपालिकामा अनुमानित ३ कराेड ८ लाख बराबरको क्षति भएकाे छ ।
धनपालथान गाउँपालिकाकाे कार्यालय साेराभागमा रहेकाे कार्यालय भवनकाे भुई तल्लाकाे बैठक हल लगायत काेठाहरू र माथिल्लो तल्लामा आगलागीबाट विद्युतीय उपकरण ल्यापटप, कम्प्युटर, फर्निचर, कागजपत्र, कुर्सी, टेवल, दराज जलेर नष्ट भएकाे छ भने भवनमा समेत क्षति पुगेकाे छ भने समानहरू ताेडफाड र लुटपाट समेत भएकाे स्थानीयले वताए ।
त्यसैगरी धनपालथान गाउँपालिकाकाे वडा नं. ४, ६ र ७ को कार्यालयमा समेत तोडफोड र आगजनी र लुटपाट भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदारका अनुसार तत्काल कार्यालय सञ्चालनका लागि अनुमानित ५० लाख खर्च हुने अवस्था छ। “अत्यावश्यक कामकाज अवरुद्ध भएकाले तत्काल वैकल्पिक व्यवस्था मिलाउनुपर्ने बाध्यता छ,” अध्यक्ष गच्छदारले बताए।
आगजनी र तोडफोडका कारण कार्यालयमा रहेका अभिलेख, फर्निचर, कम्प्युटर, आवश्यक कागजातलगायत नष्ट भएको अध्यक्ष गच्छदारकाे भनाइ छ। स्थानीय जनप्रतिनिधि र कर्मचारीले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन ।
स्थानीय सेवा प्रवाहमा ठूलो असर पारेको छ र गाउँपालिकाको नियमित कामकाज पुनः सञ्चालन गर्न तत्काल आवश्यक बजेट व्यवस्थापन गर्नु अपरिहार्य देखिएको छ।
नियमित कार्यालय संचालन र सेवा प्रवाह नेपालीहरूकाे महानचाड पर्व पछि मात्र संचालन हने अध्यक्ष गच्छदारले वताए ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]