विराटनगर, असाेज ३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेकाे छ ।
संविधान दिवस र राष्ट्रिय दिवस २०८२ लाई सम्बाेधन गर्दै मुख्यमन्त्री कार्कीले भनेर सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ हो र यसको रक्षा गर्न सबैले हातेमालो गरी अगाडि बढ्नुपर्ने वताए ।
उक्त अवसरमा मुख्यमन्त्रीकार्कीले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ र २४ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत हार्दिक श्रद्धाञ्जली प्रकट गरेका थिए ।
कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको चर्चा गर्दै उहाँले सामाजिक, आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको प्रष्ट पारेका थिए ।
संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न उहाँले आह्वान गरेका छन ।
मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।
संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश सरकारले आज विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]