विराटनगर, असाेज ३ गते । ५ सय ३८ किलाे लागुआैषध गाँजा बाेकेकाे सवारी साधन प्रहरीले बरामद गरेका छन ।
मोरङ विराटनगर महानगरपालिका वडा नं ८ स्थित हाटखोलाकाे बाटोमा शंकास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई चेकजाँच गर्दा बरामद गरेकाे थियो ।प्रदेश-१-०२-००१ च १६६६ नम्बरको सिल्भर कलरकाे कारमा लोड गरी राखेको अवस्थामा रहेकाे लागु औषध गाँजा बेवारिसे अवस्थामा फेला पारी गाडी सहित बरामद गरेकाे थियोे ।
उक्त गाडीका साथै चालक तथा कारोबारमा संलग्न व्यक्तिहरुको खोजतलाश कार्य भईरहेको भईरहेकाे प्रहरीले जनाएकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]