विराटनगर। नेपालको पूर्व क्षेत्रको पहिलो आँखा अस्पताल रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको वार्षिक साधारणसभा तथा वडादशै, तिहार र छठ पर्वकाे शुभकामना आदानप्रदान सम्पन्न गरेकाेछ।
अस्पतालको सभाहलमा प्रतिष्ठानको भावी लक्ष्य र योजना सर्वसम्मतले पारित गर्दै साधारणसभा तथा शुभकामना आदानप्रदान सम्पन्न गरेकाे हो।


साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेत्र राेग विशेषज्ञ डा. यादव भक्त जाेशीले भने हाम्रो पालामा यस्तो प्रविधि नभएका कारण धेरै मुस्किलले जाेखिम माेलेर आँखाकाे अप्रेसन गरिन्थ्यो । वहाँले भने अहिले प्रविधि र दक्ष जनशक्तिले सजिलो भएकाे वताउदै बडादशै, तिहार र छठपर्वकाे शुभकामना दिएका थिए ।
अस्पताल प्रतिष्ठानका कार्यकारी अध्यक्ष दिनेश गोल्छाले अस्पतालले नाफा नभएर सेवाग्राहीको सुविधालाई प्रमुख लक्ष्य बनाएर अघि बढेको जानकारी दिदै गोल्छा आँखा अस्पताल सामान्य जनताको आँखा उपचारको गन्तव्य बनेको र अगामी दिनमा पनि अस्पतालको सेवालाई थप आधुनिक बनाउँदै लग्ने प्रतिवद्वता जनाए ।
प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छाले अस्पतालका संस्थापक रामलाल गोल्छाले आफ्नो आँखाको उपचार गर्न कोलकता पुग्दा विराटनगरमा समेत आँखा उपचारका लागि अस्पतालको आवश्यकता महसुस गर्दै अस्पताल स्थापना गरेको स्मरण गर्दै अस्पतालले हाल सम्म लाखौँको आँखाको उपचार गर्न सफल भैसकेको जानकारी गराए ।


अस्पतालका व्यवस्थापक नवीन राजवंशीले अस्पतालले गत वर्ष मात्रै ६५ हजार भन्दा बढी सेवाग्राहीलाई उपचार सेवा र ६ हजार भन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिनु भएको थियो।
राजवंशीले हाल तिलगंगा आँखा अस्पतालको व्यवस्थापनमा संचालन भैरहेको गोल्छा अस्पतालको सामुदायिक आँखा केन्द्रबाट मात्रै २४ हजार भन्दा बढीलाई उपचार सेवा उपलब्ध गराएको तथ्यांक देखाए ।
उहाँले अस्पतालले आगामी दिनको स्थानीय पालिकाहरूको सहकार्यमा थप सामुदायिक आँखा केन्द्रको स्थापना, आँखाका विशेष उपचार सेवाको विस्तार, बालबालिकाका लागि अत्याधुनिक प्रविधियुक्त सेवा, थप नि:शुल्क शिविर संचालन गर्ने लक्ष्य तथा योजना रहेकाे वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]