विराटनगर, असोज १२ गते । विराटनगरको महेन्द्र चौकमा २०७९ सालमा संचालन भएको पारस हस्पिटलले २०८२ साल बैशाख १ गते देखि भदौ मसान्त सम्म अर्थात ५ महिनामा एक करोड भन्दा वढी विपन्न विरामीहरुलाई १ करोड भन्दा बढी छुट प्रदान गरेकोछ ।
शनिवार बडा दशै, तिहार र छठ पर्वको उपलक्ष्ममा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा पारस हस्पिटलका अध्यक्ष एवम् डाक्टर सफिउर रहमानले ५ महिनामा विपन्न विरामीलाई १ करोड ११ लाख ६५ हजार १ सय ८२ रुपियाँको छठ प्रदान गरिएको वताए ।
आर्थिक अभाव भएकै कारण उपचार गर्नवाट बन्चित नहोस भन्ने उदेश्यले हस्पिटल संचालन गरेकोमा सोही अनुरुप विपन्न विरामीहरुलाई छुट दिदै आएको डाक्टर रहमानको भनाई थियो ।


सोही अवसरमा हस्पिटलका कार्यकारी अधिकृत हेम नारायण मेहताले २०७९ सालको ५ महिनामा ३४ लाख ५६ हजार १ सय, २०८० मा ४६ लाख ६६ हजार ३३०, २०८१ मा २ करोड १० लाख ५८ हजार ३७५ विपन्न विरामीहरुलाई छुट दिएको तथ्याँक प्रस्तुत गरेका थिए ।
वहाँका अनुसार पारस हस्पिटल २०७९ सालमा स्थापना भएयता ओपिडी ४५ हजार ८८०, आईपीडी ९ हजार ६८०, ओटी ७ हजार ८६५ र ल्याब टेष्ट ३० हजार ८२० भएको परिक्षण भएको जानकारी गराएका थिए ।
उक्त कार्यक्रम प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीन कुमार नवोदित, नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष शुशीला पठक, प्रेस सेन्टर मोरंगका अध्यक्ष नविन कर्ण लगायतका पत्रकार आवद्ध संघ संगठनहरुको अध्यक्ष लगायत पत्रकारहरुको उपस्थिति रहको थियो ।
त्यसैगरी कार्यक्रमा हस्पिटलमा कार्यरत डाक्टर, नर्स, कर्मचारी लगायत भारतीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]