विराटनगर, असोज १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका–१५ स्थितबाट बन्दाकोपी बोकेको मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको २ सय ६२ किलो ५८० ग्राम गाँजा सहित संलग्न ३ जना मानिसलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
त्यसै गरी विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट चोरी भएको ल्यापटप–११ थान, मोटरसाइकल थान, अटो टेम्पो–३ थान, सिटी रिक्सा–१ थान, स्कुटर–४ थान, १२ भोल्टको ब्याट्री–१४ थान, इन्भटर–३ थान, सोफा–४ थान, फ्रिज–२ थान, एसी–१ थान, इलेक्ट्रीकल ओभेन–१ थान, स्टेनफेन–२ थान र इन्डक्सन चुलो–१ थान फेला पारी सम्बन्धित धनीलाई बुझाएको थियो ।
साथै विराटनगर महानगरपालिका–१३ र १५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरोसँगको समन्वयमा ३ सय ३७ ग्राम लागू औषध ब्राउनसुगर सहित कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रहरी निरीक्षक राई प्रहरीद्धार सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]