विराटनगर, असोज १२ गते । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा शनिवार रातीको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको थियो ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ । त्यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान– ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]