विराटनगर, कार्तिक १४ गते । काेशी प्रदेशका पत्रकारहरूद्वारा विराटनगरमा संचालित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडकाे १४ आ‌ैं साधारणसभाकाे अवसरमा उत्कृष्ट विद्यार्थी सहित दशजनालाई सम्मानित गरेका छन् ।
साधारणसभाका प्रमुख अतिथि माेरंग जिल्लाका जिल्ला न्यायाधीश केशब प्रसाद घिमिरेले सहकारीका शेयर सदस्यकाे सन्ततिहरू मध्ये एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र तर्फ ४ जीपीए ल्याएका श्रेय शर्मा, छात्रा तर्फ ३.९६ ल्याउने मेघा श्रेष्ठ, कक्षा १२ र सीटीईभीटी तर्फ उत्कृष्ट अंक ल्याउने छात्र तर्फ ३.५३ जीपीए ल्याएका हृषव पाेखरेल र छात्रा तर्फ ३.७६ जीपिए ल्याएका मृदुला विष्टलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेकाे हाे ।
त्यसैगरी शेयर सदस्य मध्ये विद्याभारधि गरेका डा.डिल्ली पाेखरेल र डा. धर्मराज ढकाललाई सम्मानपत्र, दाेसल्ला र टाेपी लगाएर सम्मान गरेकाछन् ।


उत्कृष्ट बचत सम्मानले शेयर सदस्य कुलानन्द गच्छदार र कविता घिमिरे, असल ऋणी सम्मानले अनिल श्रेष्ठ र अग्रज शेयर सदस्य सम्मान केशव बहादुर कार्की सम्मानपत्र दाेसल्लाले सम्मान गरेका हुन ।
२०६९ सालमा स्थापना भएकाे सञ्चारकर्मी सञ्चार सहकारीमा १२१ जना सदस्य रहेकाछन् । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा १ कराेड १३ लाख ८८ हजारकाे काराेवार गरेकाे सहकारीका अध्यक्ष दिपक दाहालकाे प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा कुल आम्दानी १३ लाख ६६ हजार ९ सय ८९ रूपियाँ ३३ पैसा गरेकाेछ भने कुल खर्च ७ लाख ३० हजार ७ सय ८३ रूपियाँ ३८ पैसा गरेकाछन् ।
त्यसैगरी कुल ऋण लगानी ७६ लाख ९० हजार ९३ रूपियाँ ९८ पैसा गरेकाेछ भने कुल ऋण तथा ब्याज असुली २१ लाख ८१ हजार ३ सय ५० रूपियाँ ७९ पैसा गरेका छन् । शेयर सदस्यहरलाई ९ प्रतिशत बाेनस वितरण गरेकाे सहकारीका अध्यक्ष दाहालले जानकारी गराए ।
साधारणसभामा शेयर सदस्य, पत्रकारसँग आवद्व संघ संगठनका प्रतिनिधिहरू सहकारीका पूर्व अध्यक्षहरूकाे उपस्थित रहेकाे थियो ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]