चन्दन रौनियार
दुहबी, कार्तिक १५ गते । इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले आयोजना गरेको पत्रकारहरु संग परिच्यात्मकमा इलाका प्रहरी कार्यालय दुहवीको परिसरमा विचौलियाको नो इन्ट्री हुने प्रहरी निरीक्षक शिबराम थापालले वताएका छन् ।
प्रहरी–संचारकर्मी भएको छलफलमा दुहबी नगरपालिका, गढी र बर्जु गाउँपालिकामा हुने विभिन्न प्रकारको तस्करी रोक्न र बजार व्यवस्थापन लगायत स्थानीय समस्या समाधानको विषयमा छलफल भएको छ ।
संचारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिदैं हालै सरुवा भइ आएका ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक थापाले समस्या हल गर्न र गराउन आवश्यक कदम चाल्ने वताउँदै दुहबीका स्थानीय संचारकर्मीहरु माझ शान्ति सुरक्षा नै विकासको आधार भएको धारणा राखेका थिए । शान्ति सुरक्षामा कुनै कमि हुन न दिन सदैब सकारात्मक भएर लागि पर्ने प्रतिवद्धता जानाएका थिए ।
निरीक्षक शिवराम थापाले दुहबी वासीहरुलाई सुरक्षा प्रदान गर्नका लागि शान्ती सुरक्षाका विभिन्न रणनितिहरु अपनाउने अपनाउँदै सडकमा हुने अराजकता अनुशासनहिन गतिविधिदेखी सडक सुशासनका लागि संयुक्त रुपमा सुरक्षा नीति लागु गरिने वताए ।
लागुपदार्थ नियन्त्रण, जुवाजन्य खेलहरु नियन्त्रण र निगरानी, चोरी तस्करी नियन्त्रण, खाद्यान्नको कृत्तिम अभाव र कालोबजारी उपर निगरानी, मदिराजन्य वस्तुहरुको विक्री तथा वितरणमा कडाई, चोरी लुटपाटका घटनाहरु हुन नदिन पूर्व तयारी र सर्वसाधरणहरुमा सचेतना अपनाउने सुरक्षा रणनीति रहेको प्रहरी निरिक्षक थापाले दावी गरेका थिए ।
बजारमा हुने विभिन्न खालका गतिविधिहरुलाई निगरानी गर्नका लागि प्रहरीहरुलाई विभिन्न माध्यमबाट परिचालन गरी सर्वसाधरणहरुलाई सुरक्षा प्रदान गर्ने तयारी गरेको समेत यस क्षेत्रको शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाउदै स्थानीय संचारकर्मीहरुको सहयोग जरुरी रहेको वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]