
विराटनगर, कार्तिक १७ गते । महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस विराटनगरले विविए संकायमा भर्नाको लागि लिएकाे प्रवेश परिक्षाकाे नतिजा रातारात परिवर्तन गरेपछि विवाद उत्पन्न भएकाे छ
विविए भर्नाकाे लागि क्याम्पसले भदौ २१ गते प्रवेश परिक्षा लिई कार्तिक १६ गते नतिजा प्रकाशन गरेका थिए । नतिजामा उतिर्ण भएका विद्यार्थी खुशीमा रमाई रहेकाे १२ घण्टा नवितदै उतिर्ण भएकाे विद्यार्थीलाई अर्को नतिजा प्रकाशन गरी प्रतिक्षा सूचीमा राखेपछि विद्यार्थीकाे मनस्थिति अकाशबाट खसै झै भएकाे थियाे । धाराेमुख रहेकाे क्याम्पस माथि विद्यार्थी र विद्यार्थीका अभिभावकहरू विभिन्न काेनबाट प्रश्न उठाउदै निष्पक्ष छानबिनको माग गरेका छन्
प्रवेश परीक्षाको नतिजा रातारात मेरिट लिस्ट निकालिएको १२ घण्टा भित्रै परिर्वतन गरिएपछि अभिभावक तथा विद्यार्थीले बिरोध जनाएका छन ।
नतिजा परिर्वतन गरेपछि आधा दर्जन विद्यार्थी पीडित भएका छन । पहिलो नतिजामा नरहेकाे विद्यार्थीहरूकाे नाम दाेस्राे नतिजा राखी पहिलो नतिजामा उतिर्ण भएकाे विद्यार्थीकाे नाम प्रतिक्षा सूचीमा राख्नु भनेकाे क्याम्पस प्रध्यापक र कर्मचारीहरू आर्थिक वा राजनीति प्रभावमा परेकाे विद्यार्थीका अभिभावकहरूले आराेप लगाएका छन् ।
पहिलो नतिजाको ९६ औं नम्बरमा रहेका विद्यार्थी यदिति कर्ण र ९९ औं क्रमसंख्यामा रहेका संकल्प शाही लगायतका थप विद्यार्थीहरुलाई दाेस्राे नतिजामा प्रतिक्षा सूचिमा राखिएपछि विद्यार्थी र अभिभावकले क्याम्पस प्रशासनकाे विरोध जनाउदै चलखेल गरेर रातारात उर्तिण विद्यार्थीलाई प्रतिक्षा सूचीमा राखिएको भन्दै विविए संकायका विभागिय प्रमुख सामु बिरोध जनाएका छन ।

विराटनगर ५ का अभिभावक सुनिल शाहीले आर्थिक र राजनीतिक चलखेल गरेर रातारात मेरिट लिस्ट परिर्वतनगरिएको दाबी गर्दै उहाँले भने कलेजको जवाफ चित्तबुझ्दो नभएकाले निष्पक्ष छानवीन हुनुपर्छ अन्यथा कानुनी उपचारको बाटो रोज्न बाध्य हुने वताए ।
विराटनगर महानगरपालिका-५ का अर्का अभिभावक नवीन कर्णले नतिजा प्रकाशित गरिसकेपछि परिर्वतन गर्नुपर्ने अवस्थामा सम्बद्ध विद्यार्थीका अभिभावकलाई सहभागि गराउनुपर्नेमा अपारदर्शी र शंकास्पद ढंगले नतिजा फेरबदल गरिएको बताउदै हचुवाको भरमा नतिजा परिर्वतनगर्दा पीडित विद्यार्थीहरुको मानसिकतामा नकारात्मक असर परेकोले त्यसकाे क्षतिपूर्तिकाे लागि कानुनी बाटो अपनाउने वताए ।
पहिलो नतिजा प्रकाशन गरेसंगै कलेजले बिहान १० बजेबाट भर्नाका निम्ति आउन विद्यार्थीलाई सूचना समेत जारी गरेको थियो । तर कलेज पुग्दा नतिजा परिर्वतन भएको थाहापछि विद्यार्थी र अभिभावकलाई अकाशबाट झरे जस्तै भएकाे भान भएकाे विद्यार्थीले वताए ।
बिबिए संकायका प्रमुख मोहन श्रेष्ठले भने कलेजको नतिजा प्रकाशसन सम्मबन्धि कार्यविधि अनुसार नतिजा प्रकाशन गरेपछि हकदाबीको प्राबधान अनुसार केहि विद्यार्थीहरु हकदाबी गर्न आएपछि उनिहरुको हकदाबी जायज देखिएकाले नतिजा परिमार्जन गरेकाेछ ।
अभिभावकहरुले भने दाबीबिरोधको ब्यवस्थालाई टेकेर नतिजा परिर्वतन गर्ने अनुचित खेल भएकाले यस बिषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन । क्याम्पसले विविए संकायमा बर्षेनी ९९ जना विद्यार्थी भर्ना लिने गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]