कपिलवस्तु , कार्तिक १७ गते । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तु शाखाद्वारा ५ सयजना माथि मुद्दा दर्ता गरकाे छन् ।
उक्त कुरा शान्ति पुनर्स्थापना गृहले कृष्णनगरकाे हाेटेल दरबारमा आयाेजित समाजिक परिक्षण कार्यक्रममा शाखाले साे कुरा वताएका हुन् ।
त्यसैगरी आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न देशबाट शाखाले परामर्श , उद्धार, पारिवारिक पुनर्मिलन तथा विभिन्न अभियानहरुबारे जानकारी गराएकाे थियाे ।
आर्थिक बर्ष २०८१/०८२ मा शान्ति पुनर्स्थापना गृह शाखा कपिलवस्तुले जिल्ला भरिबाट भारत लगायत अन्य मुलुकबाट परामर्श मार्फत ७ हजार ५३९ उद्धार चेलीबेटीहरूलाई उद्धार गरिएका छन ।
शान्ति पुनर्स्थापना गृहकाे कपिलवस्तु जिल्लामा कृष्णनगर शाखा, मर्यादपुर सम्पर्क कार्यालय, चाकरचाैडा सम्पर्क कार्यालय र चन्द्राैटामा सम्पर्क कार्यालय मार्फत कार्यसम्पादन गर्दै आएकाे राष्ट्रिय उद्धार संयाेजक भुमिराज भट्टराईले जानकारी गराए ।
खुला सिमाना हुँदै हुने मानवबेचविखनलाई न्यनीकरण गर्न सराेकारवाला संस्थाले निर्णायक भुमिका खेल्दै जानुपर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले सुझाउ दीएकाे थियाे ।
पूर्वमन्त्री अर्जुन केसी, प्रहरी उपरिक्षक सन्ताेष आचार्य, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रितेश शर्मा, गैसस प्रदेश अध्यक्ष सुशिला बेलबासे, महादेव पाेख्रेल, उपप्रमुख शिवकुमारी थारु, जिल्ला समन्वय समिति पदाधिकारी , वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत जनप्रतिनिधि , समाजसेवी, सुरक्षा निकाय , पत्रकार लगायत सराेकारवालाकाे उपस्थिति थियाे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]