विराटनगर, कार्तिक २० गते मोरङ बिराटनगर महानगरपालिका-५ पुलचोक नजिकबाट लागूऔषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
हुलाकी सडक छेउमा लागू औषध नियन्त्रण व्युरो विराटनगर एवं जिल्ला प्रहरी कार्यालय, मोरङ समेतबाट खटिएको प्रहरी टोलीले बीआर ५० एडी ०२२७ नं. को स्कुटरमा बसिरहेका जिल्ला सुनसरी देवानगंज गाउँपालिका वडा नं. २ बस्ने बिबेकानन्द यादबको छोरा बर्ष १९ को बिकाश कुमार यादब, देश भारत बिहार पुर्णिया जिल्ला भवानिपुर बस्ने अशोक मेहताको छोरा बर्ष १९ को कृष्ण कुमार मेहतालाई शंका लागी चेक जाँच गर्दा कृष्ण कुमार मेहताको साथबा लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद भएकाे थियो ।
५३.१७ ग्राम फेला परेकाे लागुआ‌ैषध र दुबैलाई स्कुटर सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकोछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]