
रामशरण यादव
सर्लाही, कार्तिक २२ गते । सर्लाही क्षेत्र नं. ४ का नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि युवा नेता, समाजसेवी सोनु कुमार कुशवाहाले हाम्रो क्षेत्रमा अबको राजनीतिक नेतृत्व नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले लिनु पर्ने बताएका छन् ।
शनिबार काठमाडौं स्थित ग्लोवल ग्लोरी कन्सल्टेन्सीमा भेटघाट हुने क्रममा सिंहले विगतदेखि नै जनताका सुख–दुःखमा साथ दिँदै आएका छन् र क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका कारण वहाँलाई उम्मेदवार वनाउनु पर्ने कुशवाहको भनाईछ ।
कुशवाहाका अनुसार “सर्लाही–४ का जनताको विश्वास जित्ने, सबलाई एकतामा बाँध्ने र माटोको माया राख्ने नेता वीरेन्द्र प्रसाद सिंह हुनुहुन्छ । त्यसैले अबको प्रतिनिधि सभामा नेतृत्व उहाँले लिनु पर्छ ।” आम जनतामा प्रश्न उठन थालेको मधेश प्रदेशका सूचना तथा सञ्चार प्रचार प्रसारका सचिव निकेश त्रिपाठीले बताए ।
उनले भने पार्टीका नेताहरुलाई पनि जनताको चाहना अनुसार निर्णय गर्न आग्रह गर्दै भने, “अब समय आएको छ कि निष्ठावान र जनमुखी नेताको नेतृत्वमा क्षेत्र अघि बढोस् ।”
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]