अमित ठाकुर
रौतहट, कार्तिक २४ गते । हराएकाे एक युवाकाे रौतहटको सदरमुकाम गौरको बरहवा खोलामा शव फेला परेको छ । गौर नगरपालिका वडा नंबर ५ स्थित रहेको बरहवा खोलामा हराईएको युवकको शव फेला परेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
बरहवा खोलामा फेला परेको शव चपुर नगरपालिका-६ का २० बर्षीय सुनिल कुमार कहारको रहेको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, शव करिब ७ बजे स्थानीयले खोलामा घोप्टो अवस्थामा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी निरीक्षक रुद्रराज कडेलको नेतृत्वमा टोली पुगेको थियो । प्रहरीले शव मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।
सुनिल गत कार्तिक २२ गतेदेखि नै हराइरहेका थिए। उनका आमाले यस सम्बन्धमा इलाका प्रहरी कार्यालयमा हराएको जानकारी गराएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]