
बुटवल, कार्तिक २४ गते । आम जनता पार्टी लुम्बिनी प्रदेश कमिटीको बैठक कार्तिक २७ गते (बिहीबार) बुटवलस्थित ग्रीन भ्याली फैमिली रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा हुने भएको छ।
उक्त बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहको विशेष उपस्थिती रहनेछ। बैठकमा प्रदेशभित्र संगठन सुदृढीकरण, पार्टीको भावी राजनीतिक दिशा, जनसंपर्क विस्तार अभियान र राष्ट्रिय राजनीतिक परिस्थिति सम्बन्धी विषयमा विस्तृत छलफल हुने भएकाेछ ।
बैठकमा लुम्बिनी प्रदेशका पदाधिकारी, जिल्ला इन्चार्जहरू, जनवर्गीय संगठनका प्रतिनिधि तथा सक्रिय कार्यकर्ताहरू सहभागी हुने लुम्बिनी प्रदेशका अध्यक्ष विजय यादव निर्विजले बताए।
पार्टी स्रोतका अनुसार, हाल देशमा उत्पन्न राजनीतिक जटिलता र जनताका मागलाई सम्बोधन गर्ने दिशामा आम जनता पार्टीले चाल्न लागेका आगामी कदमहरूको रूपरेखा तयारगरी सार्वजनिक गरिनेछ ।
बैठकले लुम्बिनी प्रदेशमा पार्टीको संगठनलाई थप मजबुत बनाउँदै जनस्तरमा पहुँच विस्तार गर्ने अभियानलाई तीव्रता दिने अपेक्षा समेत गरिएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]