विराटनगर, कार्तिक २७ गते । नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्ने मोटरसाइकल र्‍यालीको तयारी तीव्र पारेको छ ।
जिल्लाव्यापी रूपमा गर्ने मोटरसाइकल र्‍यालीको तयारी तीव्र पारिएको नेकपा एमाले मोरङका उपसचिव सन्तोष बान्तवा राईले जानकारी गराए ।
विराटनगर स्थित नेकपा एमाले पार्टी कार्यालय पञ्चालीमा आयोजित तयारी बैठकमा बोल्दै नेकपा एमाले मोरङका सचिव सोमराज थापाले उत्तरी क्षेत्रमा मोरङको मिक्लाजुङबाट र दक्षिण क्षेत्रमा मोरङको रतुवामाईबाट र्‍याली सुरु हुने जानकारी गराए ।
त्यसैगरी विराटनगर महानगरको टोली भने विराटनगर पुष्पलालचोकबाट र्यालीमा मिसिनेछ। र्‍यालीको तीव्र तयारी गरिरहेको जिल्ला कमिटीले विभिन्न पालिकाका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका सबै वडाका अध्यक्षहरूसँग छलफल गरेको गरेकाे छ ।
छलफलमा सहभागीहरूले मोटरसाइकल र्‍यालीलाई भव्य बनाउनका लागि उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
र्‍यालीलाई भव्य रुपमा सफल पार्नका लागि प्रत्येक पालिकामा नेताहरू तोकिएका छन्। मिक्लाजुङबाट सुरु भएको र्‍याली उर्लाबारी हुँदै पथरीबाट लेटाङ लेटाङबाट बेलबारी अनि विराटचोकबाट दक्षिण झर्नेछ भने रतुवामाईबाट र्‍याली विराटनगर आइपुग्नेछ।
दुवै टिम विराटनगरको तीनपैनी चाैकमा मिसिएर बजार परिक्रमा गर्ने आयोजकले जानकारी दिएको छ।
र्‍याली विराटनगरको महेन्द्रचोकमा आएर सभामा परिणत हुनेछ। त्यहाँ विभिन्न केन्द्र तथा प्रदेशका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]