पदमकुमार सरदार
विराटनगर, कार्तिक २७ गते । विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ महिना पछि आयोजक समितिले आय–व्यय सार्वजनिक गरेकोछ । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले विराटनगरमा पत्रकार सम्मेलन गरी आय–व्याय विवरण सार्वजनिक गरेको हो ।
आयोजक समितिका संयोजक रिजालले प्रतियोगिता आयोजना गर्दा १ करोड ७ लाख २१ हजार १ सय ८७ रुपैयाँ आम्दानी र १ करोड ४ लाख २६ हजार ८ सय ४ रुपैयाँ खर्च गरी २ लाख ४३ हजार ३ सय ७४ रुपिया आन्दीनी भएको वताए । संयोजक रिजालले प्रतियोगिता सम्पन्न गरी आन्दानी भएको २ लाख ९४ हजार ३ सय ७४ रुपियाको चेक आन्दीनी गर्दा ३ लाख रुपैयाँ आम्दानी भएको चेक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभा सदस्य पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाको उपस्थित रहेको थियो । विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले आगामी प्रतियोगिता बारे १५ दिन भित्रमा ट्रष्टको धारणा सार्वजनिक गर्ने जानकारी गराएको थिए ।
विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]