
विराटनगर, कार्तिक २८ गते । भदौ महिनाको २३ र २४ गते भएको जेन जीको आन्दोलनमा केही उच्छृङ्खल तथा अपराधिक मनोवृतिका व्यक्तिहरु आन्दोलनमा घुसपैठ गरी प्रहरी कार्यालय ताेडफाेड गर्ने २१ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेको व्यक्तिहरुमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को विसाल बाल्मिकी, वडा नं. ६ बस्ने वर्ष २४ को चन्दन वर्मा, वर्ष २९ को किसन सहनी, वडा नं. ९ बस्ने वर्ष २७ को गोपी साह, वर्ष २० को विष्णु साफी, वडा नं. १४ बस्ने वर्ष २४ को राजेश पाख रहेका छन् ।
त्यसैगरी जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २४ को सुरज सिंह, वडा नं. ५ बस्ने वर्ष २२ को मुकेश कामत, वडा नं. २ बस्ने वर्ष ३० को प्रवेश मण्डल, वडा नं. ३ बस्ने वर्ष २५ को सुशिल यादव,
इलाका प्रहरी कार्यालय पथरीबाट पक्राउ परेका व्यक्तिहरुको जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को चन्द्र कार्की, वर्ष २३ को दिपक चौधरी, वर्ष २५ को मुकेश वराईली, वर्ष २१ को विश्वास थापा, वर्ष १९ को सिदार्थ राई, वर्ष २६ को मिथुन मण्डल।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पक्राउ परेका व्यक्तिहरु जिल्ला मोरङ उर्लाबारी नगरपालिमा वडा नं. ६ बस्ने वर्ष २९ को राज कुमार सहनी, वर्ष ४५ को उदय साह, वर्ष ४० को बब्लु साह, वर्ष ३० को मिलन राई, वडा नं. ७ वस्ने वर्ष २४ को रविन सुन्दास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतमा रहेका इलाका प्रहरी कार्यालय पथरी, इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी चौकी मझारे, सीआरभी पोष्ट केशलिया, जतुवा तथा जिल्ला ट्राफिक कार्यालय मोरङको भवन, ट्राफिक आईल्याण्ड, ट्राफिक लाईट सीसी क्यामरा सीसी क्यामरा तथा सवारी साधन लगायतमा तोडफोड तथा आगजनी गरी क्षेति पुऱ्याउने कार्यमा संलग्न रहेको व्यक्तिहरूलाई पक्गरेकाे हाे ।
उक्त व्यक्तिहरुको सम्बन्धमा शुक्ष्म अनुसन्धान तथा विश्लेषण गरी पहिचान खुलाई अनुसन्धानको लागी सम्मानित मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई उनीहरूलाई पक्राउ गरी सम्मानित अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायब उपरीक्षक काेपिलाले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]