
पदमकुमार सरदार
विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नंम्बर ५ ले एक लाख ५० हजार बरावरको नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी प्रदान गरेको छ ।
कटहरीमा आयोजित कार्यक्रमका बीच वडाअध्यक्ष सम्पतलाल सरदारले नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको हो । कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुहुँदै वडाअध्यक्ष सरदारले कटहरी–५ मा निर्माणधिन बाँतर जातिको पुर्खा प्रतिक गेड्बाबा मन्दिर निर्माण गर्न थप १० लाख सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वडाअध्यक्ष सरदारले वडा कार्यालयको बजेटबाट २ सेट सोफा, २ वटा टेबुल, २ वटा फलामको कुर्सी, एउटा स्टील दराज र ७५ वटा प्लाष्टिकको कुर्सी नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई प्रदान गरेको छ । कार्यक्रममा बाँतर समाजका केन्द्रीय सभापति मखनलाल सरदार, सह अध्यक्ष शुभाष सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदार सल्लाहकार मोनलाल सरदार लगायतले सामग्री ग्रहण गर्नुहुँदै वडाअध्यक्ष सरदारलाई सहित वडा कार्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]