सर्लाही, मंसिर ७ गते । नेपालकै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक विजय यादव ‘निर्विजलाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान-२०८२ बाट सम्मान प्रदान गरेकाेछ ।
सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र  बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले सम्मान पत्र प्रदान गरेका थिए ।
नेपालमै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक ‘निर्विज’ अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् । २०७९ सालको मधानी महोत्सवमा नेपालका सम्माननीय पुर्व उपराष्ट्रपति नन्द बहादुर पुनले उपन्यास विमोचन गरेको थियो ।
उनी फतुवा-विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी रहिसकेका तथा हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय राजनीतिमा रहेकाे छ ।
कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए। समारोहमा साहित्यकार, पत्रकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]