
विराटनगर, मंसिर ९ गते । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सुनसरी जिल्लाको गढी गाउँपालिका-२ सत्तेरझोरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरका लागि अवश्यक उपकरणहरु प्रदान गरेकाेछ ।
प्रबन्ध निर्देशक चौधरीले स्थानीयहरूलाई स्वास्थ्य उपचारमा सहज पहुच हाेस भनी उदेश्यले चाैधरी फाउण्डेशन मार्फत बर्थिङ सेन्टरका लागि अवश्यक उपकरणहरु प्रदान गरेकाे हो ।
चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने महिला र नवजात शिशुहरूका लागि सुरक्षित, सजिलो र गुणस्तरीय मातृ स्वास्थ्य सेवाहरूमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले फाउण्डेशन मार्फत सहयोग गरेको प्रबन्ध निर्देशक चौधरीले वताए । उहाँले आउँदा दिनहरुमा अझे सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
फाउन्डेसनले स्वास्थ्य चौकीलाई सेवा प्रवाहमा सुधार गर्न र बर्थिङ सेन्टरलाई स्तरोन्नति, आधुनिक र गुणस्तरीय सुविधासहित सञ्चालन गर्न चाहिने सबै उपकरण सहयोग गरेका छन् । फाउन्डेसनले स्थानीय आवश्यकताका
आधारमा सातवटै प्रदेशमा बर्थिङ सेन्टरहरूलाई सहयोग र स्तरोन्नति गर्दै आएको छ ।
सुरक्षित मातृत्व र स्वस्थ समुदायको सुनिश्चितताका लागि आगामी दिनहरूमा पनि आफ्ना प्रयासहरूलाई विस्तार गर्दै लैजाने निर्देशक चाैधरीले वताए । सुनसरी जिल्लाको औरावनीमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयमा पनि इलेक्ट्रीकका सामग्रीहरु प्रदान गरेकाे थियो । यता चौधरी फाउन्डेसनले गरेको सहयोग निकै प्रभावकारी रहेको गढी गाउँपालिकाका अधयक्ष आश नारायाण चौधरीले भन्दै फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।
अध्यक्ष चौधरीले पालीकाको तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई कदर-पत्रले सम्मान समेत गरेकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]