विराटनगर, मंसिर १२ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशले नेतृत्व सम्मेलन साेल्टी हाेटल ईटहरीमा गर्ने भएकाेछ ।
नेपाल पत्रकार महासंघ माेरंङकाे सभाहलमा पत्रकार सम्मेलन गरी मंसिर २६ गते साे सम्मेल गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशका अध्यक्ष एवम् शैक्षिक सम्मेलन संयाेजक सुमित थापाले जानकारी गराए ।
बदलिँदो शैक्षिक परिवेशमा विद्यालय नेतृत्वलाई दिगो, व्यवसायिक, समावेशी र भविष्यमुखी बनाउँदै वि‌द्यालयलाई सुरक्षित, सिकाइ-मैत्री र रूपान्तरणमुखी बनाउन सहयोग पुऱ्याउने उ‌द्देश्यका साथ यो सम्मेलन आयोजना गर्न लागिएको संयाेजक थापाको भनाइछ ।
सम्मेलनमा विद्यालय सुधार, डिजिटल रुपान्तरण, शिक्षक क्षमता विकास, अभिभावक-समुदाय साझेदारी, बालसुरक्षा तथा वि‌द्यार्थीको सामाजिक-भावनात्मक विकासजस्ता समसामयिक र आवश्यक विषयहरूमा गहन छलफल तथा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ।
प्रशिक्षण सत्रमा प्रशिक्षक तथा वक्ताहरूमा कुमार थापा, अञ्जु भट्टराई, आयुष्मा रेग्मी र तनुश्री सिंह सहभागी हुनेछ।
सम्मेलनले कोशी प्रदेशमा विद्यालय नेतृत्व विकास, शिक्षकको व्यावसायिक वृद्धि, डिजिटल रूपान्तरण, अभिभावक समुदाय सहकार्य तथा विद्यार्थीको समग्र विकासमा सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने विश्वास आयाेजकले लिएकाेछ गरेको छ।
उक्त सम्मेलनमा करीब ४५ लाख खर्च हुनेछ भने काेशी प्रदेशकाे १४ जिल्लाबाट करीब ३ सय जना विद्यालयका शिक्षक तथा व्यवस्थापकहरूकाे सहभागीता रहनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]