विराटनगर, मंसिर २१ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नेपाल युवा संरक्षक मञ्चको आयोजनामा विराटनगर स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मञ्चकी अध्यक्ष निसा श्रेष्ठले बालबालिकालाई लैंगिक हिंसाबाट मुक्त गर्नुपर्ने वताईन । उहाँले डिजिटल माध्यम मार्फत बढ्दो साइबर अपराध, अनलाइन दुव्र्यवहार, बालबालिकाको सुरक्षासँग सम्बन्धित जोखिम तथा समाधानका उपायबारे सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरिन ।
प्रविधिको उपयोग कसरी गर्ने र प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समिती निवर्तमान अध्यक्ष सुनिता छाराहाङ आफनो प्रस्तुती राखेकी थिईन । उहाँले डिजिटल माध्यमबाट हुने साईवर अपराधको विषयमा विद्यार्थीहरुलाई सकारात्मक तथा नकारात्मक असरको बारेमा जानकारी गराएकी थिईन ।
आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नेपालले पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर अपराध मार्फत लैंगिक हिंसा बढी देखिन थालेको भन्दै विद्यालय स्तरमै सचेतना अभियान अपरिहार्य भएको उल्लेख गर्दै वालवालिकालाई डिजिटल युगमा प्रविधिको सहि सदुपयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
विद्यार्थीहरुलाई सुरक्षित इन्टरनेट प्रयोगका विधि सिकाउँदै लैंगिक हिंसा आफू–आफैँबाटै परिवर्तन सुरू गर्नुपर्छ भन्ने सन्देश दिएको आयोजकको भनाइ छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]