
विराटनगर, मंसिर २२ गते । कोशी सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ ।
प्रदेशका विभिन्न संघसँस्थाहरु र पालिकाहरुको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादन गर्न थालेको हो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्ने नदिन मानिसलाई स्वस्थ्य बनाउने उदेश्य लिएर समाजिक उत्तरदायित्व अन्तर्गत दक्ष गुरुबाट योग प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादनमा सहयोग गरेको विश्वविद्यालयका तालिम संयोजक विकास राईले बताए ।
संयोजक राईका अनुसार २० मंसिरमा झापाको दमक स्थित ८ नम्बर वडा कार्यालयको आयोजनामा विश्वविद्यालयका उपकुलपति डाक्टर सुवाषश्री पोखरेलले ४५ दिने योग प्रशिक्षण उदघाटन गरेको छन । ५० जना सहभागी उक्त्त प्रक्षिण शिविरमा दमक नगरपालिका उपमेयर रेगिना भट्टराई, वडा न ८ वडा अध्यक्ष धर्मप्रसाद दाहाल र स्थानिय बुद्धिजिवि समाजसेवीहरुले सहभागीता जनाएका थिए ।
यसैगरि पाँच महिना अघि मोरङको उर्लावारीमा स्थानिय ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा योग प्रशिक्षण शिविर सञ्चालन गरेर ४४ जनायोग प्रशिक्षक विश्विद्यालयले तयार गरेको थियो । ।
विश्वविद्यालयले दक्ष योग गुरुबाट तीन चरणको योग प्रशिक्षण दिएर प्रशिक्षकहरु उत्पादन गराउँछ । योग शिविरमा प्रशिक्षण दिने गुरु र उत्पादन भएका प्रशिक्षकहरुले प्रशिक्षण दिएको एक बर्षसम्मको खर्च विश्वविद्यालयले बेहोर्छ ।
कोशी प्रदेशका गाउँ गाउँसम्म योग प्रशिक्षकहरुलाई पुरयार मानिशलार्इृ स्वस्थ्य बनाउने मनमोहन विश्वविद्यालयको लक्ष्य रहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ एप्लाईड हेल्थ साईन्स मार्फत चाँडै प्राकृतिक चिकित्सा सम्बन्धि उच्च शिक्षाको पठनपाठन पनि संचालन गराउने तयारी गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]