विराटनगर, मंसिर २३ गते । अखिल नेपाल पिछडावर्ग (obc) महासंघको अध्यक्ष तेज प्रकाश निषादले नेकपा एमालेकाे ११ महाधिवेशन प्रतिनिधि छनाैटमा अध्यक्ष निषादकाे मनाेमानी गरेकाेछ ।
अखिल नेपाल पिछडावर्ग (obc) महासंघकाे जनकपुरमा मंसिर १३ गते बैठक बसेर बृहत् छलफल गरि बहुमतबाट गरेको निर्णयलाई लत्याउदै अर्कै व्यक्तिलाई प्रतिनिधि बनाएपछि अध्यक्ष निषादकाे विराेध सुरू भएकाेछ ।
अध्यक्ष निषादले केन्द्रीय इन्चार्ज, महासचिव, उप महासचिव, ४ वटा सचिव, काेषाध्यक्ष र सचिवालय सदस्यहरूसँग समेत सल्लाह नगरी मनाेमानी ढंगले प्रतिनिधि चयन गरेकाे प्रति सचिवालयले विराेध गरेका छन् ।
पार्टी सदस्यता लिएको २/३ वर्ष मात्रै भएको व्यक्तिलाई पार्टीको महाधिवेशन प्रतिनिधि बनाउनु पार्टीको विधान विपरीत रहेकोछ ।
अध्यक्ष निषादले झुठो बाेलेर, जालझेल गरेर बनाएको प्रतिनिधिबाट संगठन चल्न नसक्ने भएकाेले पारदर्शी रूपा जनकपुरमा भएकाे बैठकबाट बहुमतले छनाैट भएका व्यक्ति लाई नै महाधिवेशन प्रतिनिधि बनाउन सचिवालयले माग गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]