
विराटनगर, मंसिर २३ गते । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग विराटनगरले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि) पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग केन्द्रले ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्गका कार्यालय प्रमुख डा राम प्रवोध चौधरीले भने मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ भनिन्छ ।
बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरे अनुरुप मोरङ्गको विराटनगरका वालवालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको डा चौधरीले जानकारी दिए ।
उहाँका अनुसार यस केन्द्रले शुरुमा १६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको थियो । दोश्रो स्वर्णविन्दू प्राशन गर्ने बालवालिकाको सङख्या ३४१ पुगेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चौधरीले वताए । नयाँ १८१ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेको र पुनरावृत बालबालिकाको संख्या १६० गरि कुल ३४१ पुगेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]